जनकपुरधाम, १७ कात्तिक ।
धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थित पोखरीमा डुबेर मृत्यु भएका पाँचजना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बुधबार राहत स्वरूप मृतकहरुको परिवारलाई एक÷एक लाख रुपैयाँको हस्तान्तरण गरिएको हो ।
धनुषाको मुखियापट्टी मुसहरनीया वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा रहेको हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर गत जेठ २८ गते पाँचजना बालिकाको मृत्यु भएको थियो ।
खेतमा खनिएको नयाँ पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया मन्जु पूर्वे, १२ वर्षीया चादनी ठाकुर र १२ वर्षीया ललिता साह तेलीको मृत्यु भएको थियो ।
