अहिलेका


पोर्न होइन, बोल्ड इरोटिक : गहना वशिष्ठ

एजेन्सी, ८ असोज । पोर्नोग्राफी केसमा राज कुन्द्रा पक्राउ परी रिहा भइसकेका छन् ।

राज कुन्द्रा पक्राउ परेका बेला नायिका गहना वशिष्ठसमेत प्रश्नको घेरामा थिइन् । गहनाले राज कुन्द्रासँग काम गरिसकेकी छिन् ।

अधिकांश संघर्षरत्त नायिकाले आफूहरूलाई गहनाले अश्लील फिल्ममा अभिनय गर्न बाध्य तुल्याएको आरोप लगाएका छन् ।

अश्लील फिल्ममार्फत् उनीहरूको ब्ल्याकमेल पनि गरिएको आरोप उनीमाथि लागेको छ । एडल्ट फिल्मकी एक नायिकाले गहनाविरूद्ध ऊजुरी दर्ता गरेपछि उनी आफ्नो बयान दर्ता गर्न प्रहरी चौकी पुगिन् । उनले आफ्नो बयानमा यसरी उल्लेख गरेकी छिन् ।

सो बयान दिने क्रममा गहनाले आफूलाई पहिलो दिनदेखि नै फसाइएको बताइन् । पोर्न केसमा उनको संलग्नता अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।

उनी भन्छिन्, ‘हामी बोल्ड इरोटिक कन्टेन्ट बनाउँथ्यौं, जुन पोर्न फिल्मको श्रेणीमा पर्दैन । डिजिटल प्लेटफर्मका लागि अहिले कुनै सेन्सरसीप छैन । यदि कुनै कुरा बन्द कोठाभित्र गरिएको छ भने यसका लागि कुनै अनुमति आवश्यक छैन । मविरुद्ध आरोप लगाउनका लागि केटीहरूलाई ब्ल्याकमेल गरिन्थ्यो । म सबैका भण्डाफोर गर्नेछु ।’
‘म अन्तिमसम्म पनि लडाईं लड्नेछु,’ गहनाले भनिन् ।

‘सर्वोच्च अदालतले मलाई राहत दिएको छ, म आफ्नो बयान दर्ता गर्न यहाँ आएकी हँु । हाल म राज कुन्द्रामाथि प्रतिक्रिया दिन चाहँदिन । तर यति भन्न चाहन्छु कि हामीले यस्तो केही पनि गर्दैनथ्यौं जसलाई पोर्न भनियोस् । म ५ महिनासम्म जेलमा बसेँ । मलाई पूर्ण रुपमा फसाइयो,’ गहनाले भनिनँ ।

स्मरणीय छ कि पोर्न केसमा २ महिना जेलमा बिताएपछि राजले जमानत पाएका छन् ।

कुन्द्रालाई गहनाले सहयोग गरेकी थिइन् । गहनाको भनाइअनुसार कुन्द्राले पोर्न बनाउने नगरेको स्पष्ट समेत पारिन् । उनको भनाइमा उनले इरोटिक फिल्म बनाउँथे । गहनाले यो केसको सिलसिलामा थुप्रै पटक जेलको चक्करसमेत लगाउनु परेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!