जनकपुरधाम, ३० असोज ।
नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादी नरहेको टिप्पणी गरेका छन् ।
गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड माओवादी नभएको भन्दै उनले भने– प्रचण्ड अब पुष्पकमल दाहाल मात्रै हो ।
एमले नेता साहले माओवादी र कम्युनिस्टको नाममा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने जिकिर समेत गरे ।
उनले भने– प्रचण्ड लाई ६२ सालसम्म्मा कसैले नचिन्ने अवस्था थियो । कतिपयले पारस नै प्रचण्डको भन्थे । तर नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाए । आव उनै प्रचण्डले जनतालाई धोका दिएका छन् तर जनता लाई धोका दिने सँधै बेघर हुन्छ ।
संसारमै कतै नदेखिएको ७६१ सरकार नेपालमा चलाउन नसकिने उनको भनाइ छ ।
मिश्रित निर्वाचन प्रणालीको कारण कसैलाई बहुमत न आउने र सरकार आउने जाने अवस्था बनेको साहले बताए ।
