अहिलेका


प्रतिनिधिसभाको बैठकमा रेल्वे विधेयक र निजामती सेवा विधेयक फिर्ता लिँदै सरकार

जनकपुरधाम, २२ असोज ।

सरकारले निजामती सेवा र रेल्वे विधेयक फिर्ता लिने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो विधेयक फिर्ता लिने कार्यसूची रहेको छ । सो विधेयकमाथि झन्डै २ वर्ष प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्ने जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले राष्ट्रिय सभामा उत्पति भै प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेकपा एमालेले आफ्नो दलले १४ सांसदमाथि गरेको कारवाहीको सूचना सभामुखले सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै पार्दै आएको छ ।
यता एमालेका नेता लालबाबु पण्डितले भने निजामति सेवा सम्बन्धि विधेयक फिर्ता लिन लागेको भन्दै आपत्ति जनाएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!