अहिलेका


लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग्ने

जनकपुरधाम, १८ असोज ।

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय भएको छ ।

सोमबार बसेको लोसपा प्रदेश २ संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजिनामा माग्ने निर्णय गरेको हो ।

लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निरणय लोसपाले गरेको छ ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ अन्तर्गत साइकल बितरण, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रमलगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपा संसदीय दलको बैठकको ठहर छ ।

प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको संसदीय दलका नेता सोनलको भनाइ छ । 
असोज २० गते प्रदेशसभाको अधिवेशन बैठकमा लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने बताइएको छ ।
यसको संसद बैठक अवरोध समेत गर्ने लोसपाले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!