अहिलेका


प्रदेशको गरिमा बचाउन मुख्यमन्त्री राउतको राजिनामा माग्दै प्रदर्शन

जनकपुरधाम, १४ असोज ।

प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम बदनाम गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गर्दै राजिनामा माग गरेका छन् ।

मुख्यमन्त्री कार्यालयबाट अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापामारी गरेकाले नैतिकताको आधारमा मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेश २ को नाम अपनाम गरेको भन्दै उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने भन्दै लोकतान्त्रिक समाजवादी विद्यार्थी संघले प्रदर्शन गरेका छन् ।

विद्यार्थी संघ बाराका अध्यक्ष सन्तोष यादवले मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापामारीमा सहयोग गर्नुपर्ने बताए ।
उनले प्रदेशको नाम भ्रष्टाचारमा मुछिनपुगेकाले मुख्यमन्त्री राउतले राजिनामा दिई अनुसन्धानमा सहयोग पुर्याउन जोडदार माग गरे ।

अध्यक्ष सन्तोष यादवले मुख्यमन्त्री राउतले छात्रालाई वितरण गर्न खरिद गरिएको साईकलमा कमिसन, बेटी बचाउ बेटी पढाउ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप लगाए ।

तत्काल मुख्यमन्त्रीले नैतिकताको आधारमा प्रदेश २ को ईज्जत बचाउनका लागि पनि राजिनामा दिनुपर्ने औल्याएँ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!