अहिलेका


प्रदेशसभाको बैठक आज बस्दैँ

जनकपुरधाम, २० असोज ।

प्रदेश २ को प्रदेशसभामा आज अधिवेशन बैठक बस्दैछ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् ।

यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् । तर प्रदेश २ का मुख्यमन्त्री राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!