अहिलेका


प्रदेशसभा बैठक बस्दै, समितिका सदस्य फेर्ने कार्यसूची

जनकपुरधाम, २२ असोज ।

प्रदेश २ प्रदेशसभा बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिले सुरु भएको छैन । करिब साढे १२ बजेबाट बैठक सुरु हुने बुझिएको छ ।

बैठकमा विषयगत समितिका रहेका सदस्य हेरफेर र कार्यव्यवस्था परामर्श समिति गठन गर्ने कार्यसूची छ ।

यस्तै प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल पश्चात् पारित गर्ने कार्यसूची पनि आजको बैठकको छ ।

राजनीतिक दलका विभाजन तथा नयाँ दल गठन र प्रदेशमा सत्तासमीकरण परिवर्तन भएपछि समितिका सदस्यहरु हेफेर गर्न थालिएको हो ।

आज छलफल हुने दुई विधेयकलाई तत्कालीन प्रमुख डा.राजेश अहिराजले सुझावसहित फिर्ता गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!