अहिलेका


प्रदेशसभा २ का सचिव यादव र वागमती प्रदेशसभा सचिव खडकाबीच भेट

जनकपुरधाम, १५ असोज ।

प्रदेश २ र वागमती प्रदेशका प्रदेशसभा सचिवहरूबीच भेटर्वार्ता भएको छ ।

वागमती प्रदेशका सचिव कृष्णहरि खडकाको नेतृत्वमा आएको सात सदस्यीय टोली र प्रदेशसभा २ का सचिव रञ्जित यादवबीच शुक्रबार जनकपुरधामस्थित प्रदेश २ सभा सचिवालयमा भेटवार्ता भएको हो ।


भेटघाटमा प्रदेशसभा तथा विषयगत समितिमा संसद् कर्मचारीहरूले गर्नुपर्ने पूर्वतयारी, बैठक सञ्चालनमा भूमिका र प्रदेशसभा बैठकलाई प्रभावकारी तथा परिणामुखी बनाउन गर्नुपर्ने कार्यहरूका विषयमा छलफल भएको जनाइएको छ ।

सो अवसरमा प्रदेशसभा सचिवालय सञ्चालनसम्बन्धी अनुभवसमेत आदानप्रदान भएको थियो ।

वागमती प्रदेशको टोलीले प्रदेशसभा बैठक स्थलको समेत अवलोकन गरेको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!