जनकपुरधाम, १७ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र राई मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथग्रहण गरेको पहिलो दिन बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका अन्य निर्णयसमेत खारेज गर्ने थप निर्णय गरेको छ ।
मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेजीको प्रक्रिया सुरु हुनेछ ।
मुख्यमन्त्री आचार्यले सरकारले प्रदेश खेलकुद विकास बोर्ड, पर्यटन विकास बोर्ड र प्रदेश सञ्चार प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गरेका थिए । प्रदेशका १४ वटै जिल्लाका खेलकुद विकास बोर्डका जिल्ला खेलकुद समितिमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरिएका थिए ।
मुख्यमन्त्री आचार्यले खेलकुद विकास बोर्डको सदस्यसचिवमा युवा संघका नेता परशुराम बस्नेतलाई नियुक्त गरेका थिए । आचार्यले संसद्को बैठक सारेर धमाधम राजनीतिक नियुक्ति गरेको विषयलाई विपक्षीले कडा ढंगले टिप्पणी गर्दै आएका थिए ।
