अहिलेका


प्रदेश सरकार भ्रष्ट रहेको भन्दै जनमतद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

जनकपुरधाम, १८ असोज ।

प्रदेश २ को सरकरा भ्रष्ट रहेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् भने जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी समेत गरेका छन् ।

प्रदेश २ मा अख्तियारको छापा विरुद्ध सत्तारुढ जसपा नेपाल अख्तियारको विरुद्धमा आन्दोलित रहेको समयमा जनमतले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।


मोटरसाइकल जुलुस सहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताहरुले मुख्यमन्त्री लालबाबु राउतको विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

जनमतका कार्यकर्ताहरुले जनकपुरधाम उपमहानगरपालिकामा समेत तोडफोड गर्नुका साथै तालाबन्दी समेत गरेका छन् ।
विभिन्न माग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका जनमतका कार्यकर्ताहरुलाई उपमहानगर परिसरमा प्रवेश गर्न नदिइएपछि नारावाजी गर्दै उपमहानगरपालिकामा तोडफोड गरेका छन् ।
उनीहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!