अहिलेका


प्रदेश २ः जसपामा असन्तुष्टहरु धमाधम राजिनामा दिँदै

मुख्यसचिव शम्भु झाले दिए राजिनामा

जनकपुरधाम, २४ असोज ।
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल छाड्नेहरुको संख्या बढ्दै गएको छ ।
संघीय सरकार देखि प्रदेश सरकारमा गरेका विभिन्न क्रियाकलापले गर्दा अहिले धमाधम नेताहरुले आ–आफ्ना असन्तुष्टि पोख्दै राजिनामा दिनेहरुको संख्या बढ्न थालेका छन् ।
जसपाका केन्द्रिय सदस्य उमेश साहले असन्तुष्टि जनाउदैँ कहि दिनपूर्व सामाजिक सञ्जालको माध्यमले पार्टी परित्याग घोषणा गरेका थिए । त्यसपछि आइतबार जसपा प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत पार्टीको सम्पूर्ण पदबाट राजिनामा दिएको सामाजिक सञ्जालको माध्यमले जनाएका हुन् ।
शनिबार बेलुकी जनकपुरधाम आएका अध्यक्ष उपेन्द्र यादवले आइतबार तत्कालिन समाजवादी पार्टी र राजपा नेपाल वीचको एकतालाई मुर्तरुप दिदैँ एकीकरण गर्दैछन् । यस्तो बेलामा शम्भु झाले दिएको राजिनामालाई लिएर जसपा भित्र विभिन्नरुपमा अथ्र्याइदैँछ ।
मुख्यसचिव शम्भु झाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिदैँ उनले पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आजैको मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

शम्भु झाले सामाजिक सञ्जालमा लेखेका छन्– म जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरे।मेरो योग्यता र क्षमता भन्दा ठुलो पद मैले पाएँ । म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष आदररणीय रेणु यादव र आदरणीय विजय यादव प्रति सदैव ऋृणी रहिरहने छु । म बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा जाँदिन । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मिति देखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रीय अध्यक्ष तथा प्रदेश अध्यक्ष लाई यसै मार्फत जानकारी गराऊन चाहन्छु ।
संघीय सरकारमा जसपाले सांसद प्रमोद साह र सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनीहरु समेत जसपा अध्यक्ष उपेन्द्र यादवसंग रुष्ट हुदैँ आफ्ना आक्रोश पोखिरहेका छन् । सांसद प्रदीप यादवका समर्थकले मन्त्री नबनाएको झोकमा पर्साको वीरगञ्ज स्थित जसपा पर्साको कार्यालय र अध्यक्ष उपेन्द्र यादवको समेत पुत्ला दहन गरेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!