प्रदेश २ को प्रदेशसभा बैठकमा दुई वटा विश्वविद्यालयको अध्यादेश पेस भएसंगै पुस ८ गते बैठक बस्ने भएको छ ।
बैठकमा दुईवटा अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको हो । सभामुख सरोज यादवले पुस ८ बिहिवार दिनको १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गरेका थिए । अध्यादेश पेस गरेसंगै प्रमुख प्रतिपक्षी दल लोसपाले बैठक अवरुद्ध गरेको थियो । त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी रहेको प्रस्तावमा प्रवेश नै गर्न सकेन ।
बुधबार बसेको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियार आयोगको पहिलो रिपोर्टमै साइकल खरिद प्रक्रियामा अनियमितता भएको बताउँदै उनले तत्काल राजिनामा दिई मार्ग प्रशस्त गर्न मुख्यमन्त्री राउतसंग आग्रह समेत गरे ।
मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेका विषयमा उनले टिप्पणी गर्दै मुख्यमन्त्री राउतले छापामारीलाई सहजताका साथ स्वीकार्दै मार्ग प्रशस्त गर्न माग गरे । उनले उनले मार्ग प्रशस्त गरि साइकल खरिदमा भएको अनियमिततामा छानविन गर्न सहयोग गर्न पनि भने ।
उनले हिन्दु धर्मस्थलमा मुख्यमन्त्री राउत आफैँ सबै ठाउँमा जानेगरेपनि उनले मुस्लिम हुनु अपराध भन्नु गलत रहेको टिप्पणी गरे ।
सार्वजनिक लेखा समिति देखि विभिन्न समितिहरु पद रित्त रहेकाले तत्काल पदमा पदपूर्ति गरि संचालन गर्न माग गरे ।
यस बैठकमा उद्योग वन पर्यटन तथा वातावरण मन्त्री सत्रुधन महतो, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी, प्रदेश सांसद जगतप्रसाद यादवलगायतकाहरुले बोलेका थिए ।
