अहिलेका


प्रदेश २ः मुख्यमन्त्रीद्वारा विश्वासको मत लिन संसद अधिवेशन आह्वान


जनकपुरधाम, १३ असोज ।
मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भित्रसम्ममा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । भने नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएकाले मुख्यमन्त्री राउतको सरकारलाई नै समर्थन गर्नेछन् । यसरी मुख्यमन्त्री राउतसंग प्रदेशसभामा स्पष्ट बहुमत छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!