अहिलेका


प्रदेश २ : एमाले संसदीय दलका नेता चुनिए सत्यनारायण, प्रमुख सचेतकमा किशोरी

जनकपुरधाम, १४ असोज ।

नेकपा एमालेले प्रदेश २ मा लामो समयपछि संसदीय दलको नेता चयन गरेको छ ।

संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई संसदीय दलको बैठकबाट सर्वसम्मतबाट चयन गरिएको हो ।

त्यस्तै प्रमुख सचेतकमा किशोरी साह कमललाई बिहीबार भएको बैठकबाट चयन गरिएको जनाइएको छ ।

प्रमुख सचेतकमा चयन भएका किशोरी साहले संसदीय दलको बैठकबाट नेता र प्रमुख सचेतक चयन गरिएको बताए ।

यसबारे प्रदेशसभा सचिवालयमा जानकारी गराइएको उनले जानकारी दिए । उनले भने– ‘अब बस्ने संसदीय दलको बैठकबाट उपनेता र सचेतक चयन गरिने छ ।’

सर्वोच्च अदालतको अध्यादेशपछि ब्युँतिएको नेकपा एमाले विभाजन भएपछि लामो समयदेखि संसदीय दलका नेतालगायतका पद प्रदेशसभामा रिक्त नै रहेको थियो ।

एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी अलग भएपछि अहिले प्रदेशसभामा एमालेका ८ जना प्रदेशसभा सदस्य छन् भने एकीकृत समाजवादीमा १३ जना प्रदेशसभा सदस्य छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!