अहिलेका


प्रदेश २ काँग्रेस सभापतिका आकांक्षी कृष्णाले भने, ‘देउवाजीले अघि बढ् भन्नुभएको छ’

जनकपुरधाम, ५ पुस ।


नेपाली काँग्रेस प्रदेश २ सभापतिका आकांक्षी कृष्णा यादवले सोही पदका अर्का आकांक्षी रामसरोज यादवलाई सर्वसम्मत बनाउन वा समर्थन गर्न प्रधानमन्त्री एवम् पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले कुनै पनि प्रतिबद्धता व्यक्त नगरेको बताएका छन् ।

उनले पार्टी सभापति देउवाले प्रदेश २ सभापतिका लागि संस्थापन पक्षबाट अगाडि बढ्न आफूलाई निर्देशन दिएको र त्यसअनुरूप संस्थापनपक्षीय केन्द्रीय नेताहरूको रणनीतिक बैठक आइतबार राति बसेको जानकारी दिए ।

काँग्रेसको स्थगित प्रदेश अधिवेशन भोलि मंगलबारबाट सुचारु हुँदैछ ।

यसअघि काँग्रेस महाधिवेशनक्रममा दोस्रो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार देउवालाई सघाएर जित सुनिश्चत गरेका पहिलो चरणमा सोही पदका प्रत्याशी विमलेन्द्र निधिले प्रदेश २ सभापतिमा रामसरोज यादवलाई सर्वसम्मत बनाउन देउवालाई आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रदेश सभापति पदका आकांक्षी कृष्णाले पार्टीको केन्द्रीय सभापतिमा निर्वाचित देउवालाई बधाई दिन पुगेका निधिले रामसरोज यादवका विषयमा कुरा गरे पनि नेतृत्वबाट कुनै प्रतिबद्धता व्यक्त नभएको बताए ।

प्रदेश सभापति पदका आकांक्षी कृष्णाले भने, ‘देउवाजी र निधिजीबीचको कुराकानीमा रामसरोज दाइका विषयमा कुरा भएको हो । तर, देउवाजीले त्यस विषयमा साथीहरूसँग कुरा गर्ने बताउनुभएको थियो । त्यसअनुसार मसँग कुरा हुँदा उहाँले अघि बढ्न भन्नुभएको छ ।’

उनले भने, ‘देउवाजी र निधिजीबीचको कुराकानीमा रामसरोज दाइका विषयमा कुरा भएको हो । तर, देउवाजीले त्यस विषयमा साथीहरूसँग कुरा गर्ने बताउनुभएको थियो । त्यसअनुसार मसँग कुरा हुँदा उहाँले अघि बढ्न भन्नुभएको छ ।’

कृष्णाले दोस्रो चरणको निर्वाचनमा सभापति उम्मेदवार देउवालाई सघाउन निधिले निशर्त समर्थन गरेको पनि देउवाले आफूलाई सुनाएको बताए ।

रौतहट काँग्रेसका दुईपटक सभापति भइसकेका कृष्णाले आइतबार रातिको बैठकमा प्रदेश अधिवेशन क्रममा संस्थापन पक्षबाट समूहगत उम्मेदवारी दिने विषयमा गम्भीर छलफल भएको बताए । उनले सर्वसम्मतको अवस्था आए सभापतिबाहेकका पदमा मात्र सहमति हुन सक्ने बैठकको निष्कर्ष रहेको पनि उल्लेख गरे ।

आइतबार रातिको बैठकमा प्रदेश अधिवेशनका लागि रणनीति तयार गर्न संस्थापनपक्षीय नेताहरू महेन्द्र यादव, रमेश रिजाल र आनन्द ढुंगानालगायतका सहभागी थिए । बैठकमा संस्थापनइतर पक्षका नेताहरूलाई समेत समेटेर निर्वाचनमा होमिने समूह बनाउन सकिने तय गरेको छ । तर, त्यस विषयमा सम्बन्धित पक्षसँग कुराकानी गर्नुपर्ने भन्दै समूहमा कोहरू समावेश हुने विषयमा रूपरेखा कोरिएको छैन ।

नेता कृष्णाले सभापति पदका अर्का आकांक्षी रामसरोज यादवलाई दोस्रो वरीयतामा रहेरै प्रदेश सरकार सञ्चालन गर्न र पार्टीको संगठन सुदृढीकरण गर्न आफूलाई सघाउन आग्रह गरे ।

उनले भने, ‘अब रामसरोज दाइले मलाई निर्देशन दिने हो र मैले सभापतिका रूपमा पार्टीको माइत मानिने प्रदेश २ मा संगठन बलियो बनाएर चुनावहरूमा उत्साहपूर्ण परिणाम ल्याउने हो ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!