अहिलेका


प्रदेश २ का मुख्यमन्त्रीले किन ढोगे महन्थ तपेश्वर दासका गोडा ?

जनकपुरधाम, २१ असोज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्थ रामपतेश्वर दाससँग बिहीबार आशीर्वाद लिएका छन् । हिन्दु सँस्कृतिअनुसार उनले दासको गोडा छोएर आशीर्वाद लिएका हुन् ।

इस्लाम धर्मावलम्बी राउत हिन्दु धर्म, संस्कृति र परम्पराप्रति अगाध आस्था राख्ने र अभ्यास गर्ने राजनीतिकर्मी हुन् । उनी सनातन धर्मसभाहरूमा समेत सहभागी हुने गरेका छन् ।

इस्लाम धर्मावलम्बी राउत हिन्दु धर्म, संस्कृति र परम्पराप्रति अगाध आस्था राख्ने र अभ्यास गर्ने राजनीतिकर्मी हुन् । उनी सनातन धर्मसभाहरूमा समेत सहभागी हुने गरेका छन् ।

मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार राउतले प्रदेशसभा २ मा दुईतिहाइभन्दा बढी विश्वासका मत बुधबार आर्जन गरेकाले जानकी मन्दिरमा गई महन्थ दासबाट आशीर्वाद ग्रहण गरेका हुन् ।

सरकारका कार्यकारी प्रमुख संलग्न रहेको राजनीतिक दल विभाजन भएपछि विभाजन भएको मितिबाट ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण राउतले बुधबार विश्वासका मत लिएका हुन् ।

मुख्यमन्त्रीको दल जनता समाजवादी पार्टीबाट अल्लिगएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका प्रदेशसभा सदस्यहरूले नवगठित पार्टीका पक्षमा सनाखत गरिसकेपछिका ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासका मत हासिल गरेका छन् ।

प्रदेश २ सभामा अहिले १६ प्रदेशसभा सदस्यसहित लोसपा नेपाल प्रमुख प्रतिपक्षी छ । आठ सदस्यसहित नेकपा एमाले प्रतिपक्षी दल छ ।

राउत नेतृत्वको सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् भने नेकपा(एकीकृत समाजवादी) केही दिनभित्रमै सरकारमा जाने तयारीमा छ ।

संयुक्त सरकारका कारण मुख्यमन्त्री राउतले सहज तरिकाले विश्वास मत प्राप्त गर्ने आकलन गरिएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!