अहिलेका


प्रदेश २ को स्थायी राजधानी जनकपुर नै : प्रदेश २ सरकार

जनकपुरधाम, पुस १० गते ।
प्रदेश २ को नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावबाट प्रदेश २ सरकार विचलित नभएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् ।

प्रदेश नामकरणका विषयमा सदनभित्रका राजनीतिक दलहरूबीच मतभिन्नता रहे पनि राजधानीका सन्दर्भमा जनकपुरधामकै पक्षधरता अत्यधिक रहेको भन्दै मन्त्री साहले प्रदेश २ को नामरण मधेस हुनुपर्ने विषयमा सरकारले समिति नै गठन गरेर सत्ता साझेदार र प्रतिपक्षी दलहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।

संसदीय परम्पराको उल्लंघन
प्रदेशसभाको शुक्रबारको बैठकमा बोलिरहँदा प्रदेशसभा सदस्य एवम् प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्रराय यादवले संसदीय परम्पराविपरीत सोझै प्रदेशसभा सदस्यहरूलाई माननीय सदस्य भन्दै सम्बोधन गरेका थिए ।

सदनमा बोल्दा सभामुखलाई सम्बोधन गर्दै आफ्नो धारणा राख्ने अभ्यास रहँदै आएको छ ।

मधेस प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) नेपालको आधिकारिक धारणा रहेको औंल्याउँदै प्रवक्ता साहले नामकरण र राजधानी निर्धारणका विषय छिटो टुंग्याउनुपर्नेमा राजनीतिक दलहरू सहमत रहेकाले ती विषयमा यथाशीघ्र निचोडमा पुगिने बताए ।

मधेस प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) नेपालको आधिकारिक धारणा रहेको औंल्याउँदै प्रवक्ता साहले नामकरण र राजधानी निर्धारणका विषय छिटो टुंग्याउनुपर्नेमा राजनीतिक दलहरू सहमत रहेकाले ती विषयमा यथाशीघ्र निचोडमा पुगिने बताए

उनले भने, ‘पार्टी र सरकारका आधिकारिक धारणाभन्दा फरक विचार प्रस्तुत गर्नेहरूको बुझाइ वा धारणा व्यक्तिगत हुन सक्छन् । कुनै पनि माननीय सदस्यको व्यक्तिगत धारणाका कारण प्रदेश नामकरण र राजधानीका विषयमा पार्टी वा सरकार अलमलमा रहेको वा लेनदेन गर्ने निष्कर्षमा पुग्नु हुँदैन ।’

उनले सत्तारुढ दल काँग्रेस र नेकपा एकीकृत समाजवादीसँगै अन्य दलहरूसमेत मधेस प्रदेशमै सहमत हुने वातावरण बनिरहेको पनि स्पस्ट पारे ।
यसअघि सरकारका सदस्य एवम् जसपा नेपालका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले मधेस प्रदेश नभए वज्जिका र भोजपुरा क्षेत्रले जनकपुरधामलाई राजधानी स्वीकार गर्न नसक्ने चेतावनी प्रदेशसभा बैठकमा दिएका थिए ।

उनले प्रदेश नामकरणका सन्दर्भमा राजनीतिक बहस हुनुपर्ने बताउँदै मधेस आन्दोलनको स्वरमा मिथिला भोजपुरा, जानकी र जनक नभएको दाबी गरे ।

सदनभित्रका जसपा नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल मधेस प्रदेश, नेपाली काँग्रेस मिथिला भोजपुरा, नेकपा एमाले जानकी प्रदेश र नेकपा(एकीकृत समाजवादी जनक प्रदेशका पक्षमा रहँदै आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!