अहिलेका


प्रदेश २ : नाजुक बन्दै सुरक्षास्थिति, सिरहापछि सर्लाहीमा कफ्र्यु

सर्लाही, १३ पुस ।
सिरहाको ईश्वरपुर नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार जारी गरिएको निषेधाज्ञाअनुसार सो नगरपालिका क्षेत्रमा भएका सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायत भइरहेको विरोध प्रदर्शनबाट सर्वसाधारणमा पर्न सक्ने सुरक्षा जोखिमलाई दृष्टिगत गरी मंगलबार बेलुका तीन बजेदेखि बुधबार बेलुका सात बजेसम्म भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले इलाका प्रहरी कार्यालय केशरजंग सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिकाको वडा नम्बर ८ रामपुर टोलसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय केशरजंग सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिकाको वडा नम्बर ५ सखुबनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिकाको वडा नम्बर ९ खोरिया टोलसम्म उक्त निषेधाज्ञा प्रभावी रहनेछ ।

प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल सवार स्थानीय व्यापारीको मृत्यु भएपछि त्यस क्षेत्रमा सर्वसाधारणले आन्दोलन गरिरहेका छन् । प्रदर्शनकारीहरूले प्रहरी भ्यानमा आगजनी समेत गरेका छन् ।

यसैगरी सोमबार सिरहा प्रशासनले जनमत पार्टीको समर्थनमा सिरहामा भइरहेको किसान आन्दोलन नियन्त्रणमा लिन मंगलबार र बुधबार बिहानदेखि बेलुकासम्म पूर्वपश्चिम लोकमार्ग र चोहर्वा–सिरहा सडक खण्ड तथा त्यसका वरपर पाँच सय मिटरसम्म भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न निषेधाज्ञा जारी गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!