अहिलेका


प्रदेश २ : लोसपा संसदीय दलका नेता आइतबार चयन हुने

जनकपुरधाम, ९ असोज । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको प्रदेश २ सभा संसदीय दलको बैठक आइतबार हुने भएको छ । बैठकका लागि पार्टी अध्यक्ष महन्थ ठाकुर शनिबार नै जनकपुरधाम आएका छन् ।

जनकपुरधाम आएका अध्यक्ष ठाकुर आज महोत्तरीमा आयोजित कार्यक्रमहरूमा सहभागी हुने भएकाले बैठक आइतबार हुने भएको हो ।
आइतबार हुने बैठकमा प्रदेश २ सभाका संसदीय दलका नेता चयन हुने कार्यक्रम छ ।

संसदीय दलका नेताका लागि पार्टीभित्र प्रदेशसभा सदस्यहरू जितेन्द्र सोनल, सुरिता साह र उपेन्द्र महतो आकांक्षी रहेका बताइएको छ ।

नवगठित पार्टीलाई नयाँ शिराबाट संस्थागत र संगठित गर्नुपर्ने चुनौतीका बीच संसदीय दलका नेता सर्वसम्मतबाटै छनोट हुने सम्भावना रहेको छ । ‘पार्टी नेतृत्वको इच्छाअनुसार नै अहिले सर्वसम्मतबाट नेता छनोट हुनेछ,’ लोसपाका एक प्रदेशसभा सदस्यले भने ।

पार्टी नेतृत्वको प्रभाव र हस्तक्षेपबाट नेतृत्व चयन भए पूर्वमन्त्री सोनल संसदीय दलका नेता हुने करिब सुनिश्चत रहेको उनको भनाइ छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!