अहिलेका


प्रदेश २ सरकारमा नेकपा(एस) सहभागी हुँदै, शपथग्रहण समारोहका लागि मुख्यमन्त्री जनकपुरमा

जनकपुरधाम, ५ मंसिर ।
प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी) अबको केही बेरपछि सहभागी हुँदैछ । प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी नेपालबाहेक सरकारमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी) तेस्रो राजनीतिक दल हो ।

यसअघि काँग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भइसकेका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार, आइतबार बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी) बाट प्रदेशसभा २ मा पार्टी संसदीय दलका नेता शत्रुधन महतो उद्योग, पर्यटन तथा वन मन्त्री र सिरहाबाट प्रदेशसभा सदस्य प्रमोदकुमार यादव कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीका रूपमा शपथ लिँदैछन् ।

उद्योग, पर्यटन तथा वन राज्यमन्त्री बन्ने भनिएका रौतहटका नागेन्द्र यादवको भने आज शपथग्रहण हुने छैनन् ।

राज्यमन्त्री बनाउने विषयमा संयुक्त सरकारमा सहभागी अन्य दलहरूले समेत दबाब दिइरहेकाले तत्कालका लागि प्रदेशसभा सदस्य नागेन्द्रलाई राज्यमन्त्री नबनाइएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

संवैधानिक प्रावधानअनुसार राज्यमन्त्री समेत गरी प्रदेश २ मा २१ सदस्यीय मन्त्रिपरिषद् रहन सक्नेछ । सरकारको नेतृत्व गर्ने जसपा नेपालभित्र पनि राज्यमन्त्री थप्ने थेगिनसक्दो दबाब छ ।

नेकपा(एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउत शनिबार नै जनकपुर आएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!