अहिलेका


प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश निषेध

जनकपुरधाम, २६ कात्तिक ।


नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न निषेध गरेको छ ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भन्दै अहिले कानून व्यवसायीहरु बारमा भेला भइरहेको उनले बताए ।
बारमा भेला भएका कानून व्यवासयीहरुले सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनको भनाइ छ ।
यता सर्वोच्च अदालतले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको जनाइएको छ ।
बिहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!