अहिलेका


प्रधानमन्त्री देउवाद्वारा नेपाल संवतको शुभकामना

काठमाडौं, १९ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले सन्देशमा स्मरण गरेका छन् ।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उनलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना समेत व्यक्त गरेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!