अहिलेका


प्रन्याको विवादास्पद फैसलाको अध्ययन बारले गर्ने

मंसिर ३ भित्र राजीनामा दिन प्रन्यालाई बारको अल्टिमेटम

काठमाडौं, मंसिर १ ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालय सुदृढिकरणका लागि मंसिर ३ गतेभित्र प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गरिने जानकारी दिए ।

प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले भनाइ थियो । न्याय किनबेच हुनुहुँदैन भनेर आफूहरू आन्दोलनमा रहेको भन्दै न्यायालयको शिर निहुरिइरहेका बेला वार्ताका नाममा आँखामा धुलो हाल्ने विज्ञप्ति आएको उल्लेख गरे ।

प्रधानन्यायाधीश जबराले न्यायालयमा विकृति ल्याएकाले आन्दोलित हुनुपरेको भन्दै अध्यक्ष श्रेष्ठले जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको आरोपसमेत लगाए ।

अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादस्पद फैसालबारे बारले अध्ययन गर्ने बताए । प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको उनले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!