अहिलेका


प्रन्या विवाद अदालतबाटैे सुल्झिने : प्रचण्ड

जनकपुरधाम, १ मंसिर ।
महोत्तरीको रामगोपालपुरका विभिन्न वडामा निर्माण हुन लागेका आधारभूत स्वास्थ्य केन्द्रहरूको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जनकपुरधाम आएका छन् ।

केही बेरअघि विमानस्थलमा आएका उनलाई प्रदेश २ आन्तरिक ममिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहलगायतका नेताहरूले स्वागत गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएको विवाद अदालतबाटै सुल्झिने अपेक्षा आफूहरूले गरेको बताए ।

उनले मंगलबार पाँच दलीय गठबन्धनको समन्वय समिति बैठकमा अदालतको समस्याबारे विमर्श भएको र छिटोभन्दा छिटो समस्या समाधान हुने अपेक्षा आफूहरूले गरेको उल्लेख गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!