अहिलेका


प्रमुख प्रतिपक्ष लोसपाले भन्यो– प्रदेशको गरिमा बचाउन मार्ग प्रशस्त गर्नुस्

जनकपुरधाम, २० असोज ।

प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेका छन् ।

प्रदेशसभामा सातौँ अधिवेशनको शुभकामना दिने क्रममा संसदीय दलका नेता सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको भन्दै राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे ।

उनले अख्तियारको छापा हान्दै लौकामा औला देखाए झैँ संघीयता सुक्ने होइन भने मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीलाई राजिनामा दिनु पर्ने बताए ।

उनले भने– ‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथी प्रश्न उठेको छ, उनले आफ्नो नैतिकता बचाउनलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ ।’
उनले सरकारको संवैधानिकता माथि समेत प्रश्न उठाए ।

उनले दल विभाजन भएको ३० दिन भित्र मुख्यमन्त्री राउतले विश्वासको मत लिएनन किन ? प्रश्न गर्दै सरकारलाई संवैधानिक भन्ने कि नभन्ने बताए ।

उनले मुख्यमन्त्री राउतलाई वर्तमान सरकार संविधानको कुन धाराको आधारमा अहिले चलिरहेको छ विषयमा जानकारी गराउन आग्रह पनि गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!