सिरहा, २७ कात्तिक ।
प्रेस सेन्टर नेपाल सिरहाको चौथो जिल्ला अधिवेशनबाट आशिष विश्वकर्माको अध्यक्षतामा १५ सदसिय जिल्ला समिति सर्वसम्मच चयन गरिएको छ ।
शनिबार भएको सिरहा अधिवेशनबाट उपाध्यक्षमा रामभरोसी यादव, समावेसी उपाध्यक्ष सन्तोष साह र महिला उपाध्यक्षमा अञ्जली राउतलाई सर्वसम्मतरुपमा चयन गरिएको हो ।
सो समितिको सचिवमा मुकेश कुमार यादव ‘स्वामी’ सहसचिव रामनारायण ठाकुर, मुकेश यादव र कोषध्यक्षमा सरोज पासवान चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा सुरेश कुमार राय, अनुभक्त चौधरी, मोहन साह, चन्द्रदिप ठाकुर, समरिका दासलाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य देव कुमार यादव, चन्द्रदेव कामती र रामनारायण यादव सम्मलित सल्लाहकार समिति समेत गठन गरिएको छ ।
