अहिलेका


प्रेस सेन्टर महोत्तरीको अध्यक्षमा धनवीर महतो

महोत्तरी, कार्तिक १६

प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा धनवीर महतो सर्वसम्मतिले निर्वाचित भएका छन् ।


मंगलबार प्रेस सेन्टर नेपाल महोत्तरीको दोश्रो जिल्ला अधिवेशनबाट धनवीर महताको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

त्यसैगरी उपाध्यक्षमा विशाल बस्नेत, महिला उपाध्यक्षमा रिता लामा, सचिवमा अमृत कुमार महतो, सह–सचिवमा ममता शर्मा र कोषध्यक्षमा आशा कुमारी तोलाङ्गे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बिबेक कुमार महतो, रामबाबु यादव, अञ्जनी कुमारी सिंह, कल्पना राई, मञ्जुकुमारी महतो, राधाकृष्ण शर्मा र साजन चिमोरीया रहेका छन् ।

प्रेस सेन्टर नेपाल प्रदेश नम्बर २ का अध्यक्ष किरण कर्ण र केन्द्रीय सदस्य सुनिता बरालकोे उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!