अहिलेका


फरक तर आवश्यक अजेन्डाका पक्षमा मतदान हुने : बैकुन्ठ सापकोटा

प्रशोधक समाचारदाता
कात्तिक २९ गते । सर्लाही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बैकुण्ठ सापकोटाले देश र जनताका हितपोषण गर्ने आफ्ना अजेन्डाका कारण आफूले चुनाव जित्ने दाबी गरेका छन् ।

उनले प्रदेश संरचना खारेज गर्ने र हिन्दुराष्ट्र कायम गराउनेसहितको अजेन्डा आफ्नो भएको र त्यसआधारमा आफूलाई जनताले लोकप्रिय मत दिएर जिताउने बताए । उनले भने, ‘अहिलेको प्रादेशिक संरचना बोझिलो र खर्चिलो छ । देशको कमजोर अर्थतन्त्रले यसलाई धान्न सक्दैन । त्यसैले यसलाई खारेज गर्नुपर्ने पक्षमा मैले जनताको मतादेश मागेको हुँ,’ सापकोटाले भने, ‘राजनीतिक दलका नेताकार्यकर्ता व्यवस्थापन हुनेगरी आएको प्रादेशिक संरचनाको कुनै पनि आवश्यक्ता छैन । यो अनुत्पादक हो ।’

उनले देशलाई हिन्दुराष्ट्र बनाउनुपर्ने जिकिर पनि गरे । उनले भने, ‘कुनै पनि शक्तिको स्वार्थमा सनातन हिन्दुराष्ट्रलाई धार्मिक स्वतन्त्रताका नाममा धर्मनिरपेक्ष बनाउन सकिँदैन्थ्यो । तर दुर्भाग्यवश त्यो भयो । नेपाली जनतालाई यो अस्वीकार्य छ । अब हामीले देशलाई हिन्दुराष्ट्र बनाउने हो ।’ उनी सूर्यमुखी फुलको बोट चुनाव चिह्नबाट चुनावी मैदानमा छन् ।

केही दिनयता क्षेत्रमा घरदैलो गरिरहेका उम्मेदवार सापकोटाले आफ्नो राजनीतिक र सामाजिक विश्वासप्रति जनताको ठूलो समर्थन रहेको बताए । उनले भने, ‘जनता मेरा फरक तर आवश्यक अजेन्डालाई अनुमोदन गर्न मेरो पक्षमा मतदान गर्नेछन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!