९ पुस
विदेशी चलचित्रले मात्र कब्जा गरेको नेपाली चलचित्रको बक्स अफिसमा शुक्रबारबाट नेपाली चलचित्रले आफ्नो उपस्थिति जनाएको छ । शुक्रबारबाट हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी जनरामा प्रस्तुत गरिएको छ ‘चुरीफुरी’ले देशभरका मल्टिप्लेक्समा कमजोर शो पाएको छ । बलिउड र हलिउड चलचित्रको चेपुवामा परेको ‘चुरीफुरी’ले बक्स अफिसमा कस्तो व्यापार गर्छ, त्यो केही दिनमा नै थाहा हुनेछ ।यो चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, दीपकराज आचार्य, सुवोध गौतम, शिशिर भण्डारी, सुरबीर पण्डित लगायतका कलाकारको अभिनय छ ।चलचित्रमा आम दर्शकले आफ्नो कथा भएको महसुस गर्ने निर्देशक आचार्यले बताए ।
