अहिलेका


बंगलादेशमा अल्पसंख्यकमाथि भईरहेको आक्रमण विरुद्ध हिन्दुवादीद्वारा प्रदर्शन

जनकपुरधाम, ४ कार्तिक ।

बंगलादेशमा अल्पसंख्यक हिन्दुहरुमाथि भईरहेको आक्रमणको विरुद्ध गर्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा हिन्दूवादी युवाले पर्साले वीरगञ्जमा नगर प्रदर्शन गरेका हुन् ।

विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् ।

बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रम‘ण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजनी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

हिन्दूमाथि भएको घटनाप्रति आक्रोशित परिषद तथा हिन्दू समाजका युवाले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो ।
माईस्थानबाट निस्केको विरोध जुलुस आर्दशनगर, अलखियामठ, अडिअर्वा हुँदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर कोणसभामा परिणत भएको थियो ।

हिन्दुवादी राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दू तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आग’जनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!