अहिलेका


बढ्यो सुनचाँदीको मूल्य,

 

काठमाडौं– बिहीबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय तथा चाँदीको मूल्य १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।यस्तै, बुधबार १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १२ सय ६० रुपैयाँमा प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!