नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका थिए । आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोखे ।
