अहिलेका


बारामा मोटरसाइकल दुर्घटनामा परी २ को मृत्यु

जनकपुरधाम, २८ कात्तिक ।
बारामा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ ।


बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा दुई जना युवकको ज्यान गएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।
बारा प्रहरीका अनुसार ३ जना सवार ना ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा कोहल्वी १ बस्ने धर्मेन्द्र चौधरीका २० वर्षीय छोरा सागर चौधरी र सोही ठाउँका मदन चौधरीका १९ वर्षीय छोरा सुशील चौधरीको मृत्यु भएको थियो ।
शनिबार अन्दाजी राती साढे ८ बजे मोटरसाइकलमा सवार युवकहरू बटौलियाको बर्थिंग सेन्टरको ढोकामा ठोकिएको थियो । सो क्रमममा ती युवकको मृत्यू भएको बारा प्रहरीले जानकारी दिए ।
मोटरसाइकलमा सवार कोल्हवी ९ बस्ने २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएको बारा प्रहरीले बताए । घाइते यूवकको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!