अहिलेका


अध्यक्ष महन्थ ठाकुरद्वारा लोसपा कार्यालय उद्घाटन

कलैया, २१ असोज ।

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशको समस्या समाधान नहुञ्जेलसम्म मुलुकमा राजनीतिक अस्थिरता कायमै रहने बताएका छन् ।

बाराको कलैयामा लोसपाको जिल्ला समितिको कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुले आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको स्मरण गर्दै अस्थिर राजनीतिलाई स्थिर गरी नयाँ कोर्षमा मुलुक जानुपर्ने आजको आवश्यकता रहेको बताए ।

अन्तरिम संविधानमा रहेका अधिकारहरू समेत वर्तमान संविधानले कटौती गरेकाले संविधान संशोधनको सवालमा लोसपा अडिग रहेको उनको भनाइ थियो । उनले भने– संविधान संशोधन, मधेसका आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दा यथावत नै छ ।

अध्यक्ष ठाकुरले मधेसी जनतामाथि विभेद कायमै रहेको बताउँदै उनले सो विभेद अन्त्य नभएसम्म आफूहरुको संघर्ष जारी रहने बताए ।
उनले विजय दशमीको अवसरमा शुभकामना समेत दिए ।

लोसपा बारा कार्यालय उद्घाटन कार्यक्रममा लासपाका संसदीय दलका नेता जितेन्द्र सोनल सांसद एक्बाल मिया , एकबाल अहमद, बाराका जिसस प्रमुख नवल किसोर सिंहलगायतकाको सहभागिता रहेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!