अहिलेका


बिउ लुट्ने सिरहाका आरोपी मिथिलेशसहित १८ प्रदर्शनकारी रिहा, निषेधाज्ञा फिर्ता लिइने

सिरहा, १३ पुस ।
सिरहाको औरही गाउँपालिका कार्यालयमा भण्डारण गरिएको गहुँको बिउ लुट्ने आरोपमा पक्राउ परेका कारी भन्ने मिथिलेश यादवलाई जिल्ला अदालत सिरहाले रिहा गर्ने आदेश दिएको छ ।

गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको जाहेरीमा उनलाई सिरहा प्रहरीले गत पुस ६ गते पक्राउ गरी आपराधिक उपद्रो मुद्दा लगाएको थियो । अदालतले उनलाई साधारण तारेखमा रिहा गरेको हो । जिल्लाका छ प्रमुख राजनीतिक दलले आजै सिरहा प्रशासनसँग बिउ लुट्ने आरोपमा पक्राउ परेका मिथिलेश र त्यसपछि सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी रहेको किसान आन्दोलनक्रममा पक्राउ गरेका अन्य १८ जनालाई रिहा गर्न माग गरेका थिए ।

दलहरूका मागअनुसार आन्दोदनक्रममा पक्राउ परेका १८ जनालाई जिल्ला प्रशासन कार्यालय सिरहाले आजै रिहा गरेको छ ।

मिथिलेश पक्राउ परेपछि जनमत पार्टीले सिरहामा आमहड्ताल, चक्काजामलगायतका आन्दोलनात्मक गतिविधिहरू गरिरहेको थियो । जसकारण सिरहा तनावग्रस्त हुँदा स्थानीय प्रशासनले जिल्लाभित्र पूर्वपश्चिम लोकमार्ग र चोहर्वा–सिरहा सडक खण्ड तथा वरपर पाँचसय मिटरसम्म भेलाजम्मा नहुन, बाहिर हिँड्डुल नगर्न, राजनीतिक सभा र गतिविधि नगर्न बुधबार बेलुका सातबजेसम्मका लागि आदेश जारी गरेको थियो ।

दलहरूले जनमत पार्टीको आन्दोलनलाई उच्छृंल गतिविधि भएको टिप्पणी गरेका थिए । दलहरूकै आग्रहमा स्थानीय प्रशासनले निषेधाज्ञा फिर्ता लिने तयारी गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!