अहिलेका


बेटी बचाउ बेटी पढाउका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको अख्तियारको ठहर

जनकपुरधाम, २९ कात्तिक ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा अनियमितता देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले जनाएका छन् ।


मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिवास स्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाईलहरु नियन्त्रणमा लिएको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अनियमितता भएको देखिएको हो ।
अख्तियारको बर्दिबास कार्यालयका प्रमुख सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमाथि प्रारम्भिक अनुसन्धनको क्रममा अनियमितता भएको देखिएको बताए ।
प्रमुख सापकोटाले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा साइकल खरिदमा अनियमितता भएको देखिएकाले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौँ । यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरिएको जनाउँदै छिट्टै नै विस्तृतमा अनुसन्धान अगाडी बढ्छ ।’
प्रमुख सापकोटाले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने स्पष्ट पारे ।
उनले विस्तृत अनुसन्धान हुन एक डेढ महिना अझै लाग्ने सापकोटाले बताए । उनले साइकल खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परिक्षण भइरहेको बताए । उनले यसमा पनि अनियमितता देखिएमा कारवाही प्रक्रिया अघि बढाइने बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!