अहिलेका


बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या १ लाख नाघ्यो

८ पुस,

 

बेलायतमा कोभिड(१९ का दैनिक संक्रमितको संख्या पहिलो पटक एक लाख नाघेको छ ।बुधबार बेलायतमा कोरोना भाइरसका एक लाख ६ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक कोरोना संक्रमितको संख्या महामारी सुरु भएयता पहिलो पटक एक लाख नाघेको छ।बेलायतमा अति संक्रामक ओमिक्रोन भेरियन्ट व्यापक बनेपछि दैनिक संक्रमितको संख्या निरन्तर बढ्न थालेको हो । तर अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको संख्या भने स्थिर देखिन्छ । त्यहाँ बुधबार १४० जना संक्रमितको मृत्यु भएको छ ।यसैबीच, स्कटल्याण्ड र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले कोभिड(१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोनका लक्षण सामान्य रहेको देखाउँछन् । त्यस्तै, लण्डनस्थित इम्पेरियल कलेजले गरेको छुट्टै विश्लेषणले म्युटेशनका कारण डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण सामान्य छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!