अहिलेका


बेलायती सांसदको हत्यामा आतंककारी योजनाको आशंका

एजेन्सी, ३१ असोज ।

बेलायतका एक सांसदको हत्यामा आतंककारीको योजना रहेको अनुमान गरिएको छ ।
सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो ।
एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्याको गरेको थियो ।

उनको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उनले नै हत्या गरेको अनुमान गरेको बताइएको छ ।
तर ती व्यक्तिको परिचय भने खोलिएको छैन ।
यहाँको प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको जनाएको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!