अहिलेका


भाइरस जिन विश्लेषणमा पनि ठगियो प्रदेश २

दुई सय ३२ भाइरस नमुनामध्ये प्रदेश २ का नौवटा मात्र

जनकपुरधाम, ९ असोज ।
भाइरसका प्रकार पहिचान गर्न गरिने जिन विश्लेषणमा प्रदेश २ बाट एक प्रतिशतमात्र नमुनाको प्रयोग गरिएको छ । नेपालका दुई सय ३२ वटा भाइरसमा जिन विश्लेषण गरिए पनि प्रदेश २ बाट भने त्यस प्रयोजनका लागि नौवटा नमुना अर्थात् चार प्रतिशतमात्र संकलन गरिएको छ ।

भाइरसको जिन(आरएनए) लाई डिएनमा परिवर्तन गरी तिनको बनाबटका आधारमा प्रकार पहिचान गरिने प्रक्रिया जिन सिक्वेन्सका लागि नेपाल सरकारले भाइरस नमुना थाइल्यान्ड, भारत र हंगकंग पठाउँदै आएको छ ।

जिन सिक्वेन्सबाट भाइरसको कडापन, सिकिस्त रोगी बनाउने भाइरस र धेरै मृत्यु गराउने भाइरसबीचको समानता वा भिन्नता पत्ता लगाउन सकिन्छ ।
भाइरसको कडापन, भाइरसको संक्रमणबाट हुन सक्ने मृत्युदर र तिनको संक्रामक प्रकृति पत्ता लगाउने गरिन्छ ।

नेपालमा गरिएका दुई सय ३२ नमुनामा ७६ प्रतिशत अर्थात् १७६ वटा नमुना वागमती प्रदेशबाट मात्र संकलन गरिएको छ । प्रदेश १ मा १२ वटा नमुना (५%); प्रदेश २ मा ९ वटा नमुना (४%); गण्डकी प्रदेशमा १० वटा नमुना (४%); लुम्बिनी प्रदेशमा ११ वटा नमुना (५%); कर्णाली प्रदेशमा २ वटा नमुना (१%); र सुदुरपश्चिम प्रदेशमा १२ वटा नमुना (५%)को जिन सिक्वेन्स गरिएको छ ।

जिन सिक्वेन्सका लागि वागमतीबाहेकका प्रदेशबाट संकलन गरिएको भाइरस नमुना प्रतिप्रदेश पाँच प्रतिशत भन्दा कम रहेको प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवणकुमार मिश्रले बताए ।

उनले कोरोना भाइरस संक्रमितको संख्या अनुपातमा जिन सिक्वेन्सका लागि प्रदेशपिच्छे नमुना संकलन नगरिएकाले अहिलेको विश्लेषणले सिंगो देशको कोरोना महामारीको वस्तुस्थितिको प्रतिनिधिमूलक स्थिति नभएको उल्लेख गरे ।

कोरोना संक्रमणबाट जोगिने भावी योजना तयार गर्न पनि प्रतिनिधिमूलक नमुना संकलन गरी जिन सिक्वेन्स हुनुपर्ने डा.मिश्रको कथन छ ।

 

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!