अहिलेका


भारतमा एक पत्रकारको अपहरण गरी हत्या

एजेन्सी/ बिहार, २८ कात्तिक ।
भारतको बिहारमा एक पत्रकारको अपहरण गरी हत्या गरिएको छ ।
नर्सिंग होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा कलम चलाउँदै आएका बिहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झा भनिने अविनासको शव आधा जलेको अवस्थामा फेला परेको हो ।


हत्याको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
२२ वर्षिय पत्रकार झा मधुवनीको बेनीपट्टीबाट प्रकाशित हुने समाचार पोर्टल बीएनएन न्यूज बेनीपट्टीमा काम गर्दै आएका थिए । उनले लगातार रूपमा नर्सिंग होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारबारे समाचार लेख्दै आएका थिए
उनकै समाचारको प्रभावले बेनीपट्टीका चार नर्सिंग होमले केही महिना अघि ५०÷५० हजार भारतीय रूपैयाँ जरीवानासमेत भुक्तानी गरेका थिए ।
पत्रकार बुद्धिनाथका दाजु त्रिलोक झाले दिएका जानकारी अनुसार पहिले उनले एक क्लिनिक सुरु गरेका थिए । तर स्थानीय नर्सिंग होम सञ्चालकले सताएपछि उनले क्लिनिक बन्द गरे । त्यसपछि उनले फर्जी नर्सिंग होमको अवैध धन्दा उजागर गर्न पछिल्लो २ वर्षयता पत्रकारिता सुरू गरेका थिए ।
९ नोभेम्बरमा अपहरणमा परेको उनको शव हत्या गरिएको अवस्थामा शुक्रबार फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!