अहिलेका


भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या बढ्दो, २१३ जनामा संक्रमण

पुस ७,

भारतमा बुधबार कोरोना भाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ सय १८ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा ६ हजार ९ सय ६ जना कोरोना संक्रममणबाट मुक्त भएका छन्।भारतमा यस समय सक्रिय संक्रमितको संख्या ७८ हजार १ सय ९० रहेको छ जुन ५७५ दिनमा सबैभन्दा कम हो। भारतमा पछिल्लो समय ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या भने बढिरहेको छ। मन्त्रालयका अनुसार २१३ जनामा संक्रमण देखिएको छ। ओमिक्रोन भेरियन्टको सबैभन्दा धेरै संक्रमित दिल्लीमा रहेका छन् । दिल्लीमा ५७ जनामा र महाराष्ट्रमा ५४ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ।ओमिक्रोनबाट संक्रमित ९० जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!