अहिलेका


भारतीय विदेशमन्त्रीले काङ्ग्रेसको टोलीसंग भेट्दैँ

जनकपुरधाम, २२ असोज ।

भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीलाई आज बिदेशमन्त्री एस.जयशंकरसंग भेटघाट गर्दैछन् ।

उक्त टोली उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भोलि भेट्नलाई लखनउ जाने या दिल्लीमै भेट गर्ने भन्ने छलफलपछि तय गर्ने स्रोतले जानकारी दिएको छ ।

कांग्रेसको प्रतिनिधि मण्डललाई हिजो दिल्ली विमानस्थलमा भारतीय जनता पार्टीको विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले स्वागत गरेका थिए ।

सो टोलीमा ललितपुरका युवा नेता उदयसमशेर राणा र अजय चौरसिया पनि सँलग्न छन् । दिल्ली टेक्नासाथ बीजेपी अध्यक्ष जगतप्रसाद नाड्डा र नेता डा. अश्विन जोहरले संयुक्त भेटवार्ता गरेका थिए ।

गत महिना नेपाल आएका चौथाइवालेले प्रधानमन्त्री पत्नीको हातबाट रक्षा बन्धनको डोरो लगाएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!