काठमाडौं, ११ कात्तिक ।
संघीय मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अमेरिका, बेलायत र भारतका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारले तीन देशमा रिक्त राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लाागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई नियुक्ति सिफारिस गर्ने निर्णय भएको हो ।
डा. शर्मा यसअघि अमेरिकाका लागि राजदूत भइसकेका छन । श्रीधर खत्री परराष्ट्र मामिला विज्ञ र राजनीतिशास्त्रका प्राध्यापक हुन् । आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् ।
