अहिलेका


भारत, चीन र अमेरिका तीनवटैका लागि नेपाल पत्यारिलो हुनुपर्छ : विक्की यादव

नेपाल विश्वका राजनीतिक खेलाडीहरूका लागि कुरुक्षेत्रमा परिणत भइसकेको छ । यस्तोमा देशको नेतृत्व लिन इच्छुक युवा तप्कामा भविष्यका चुनौती डरलाग्दा हुन सक्छन् भन्ने चेतावनी बुझ्ने क्षमता हुनुपर्छ यसलाई प्रकट गर्ने आँट पनि देखाउनुपर्छ ।

ठूला र शक्तिशाली राष्ट्रहरूले आफ्ना राष्ट्रिय स्वार्थ पुरा गर्न नेपाललाई आफ्नो तरिकाले प्रयोग गर्न खोजेका छन् तर नेपाली नेताहरू व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठन सकेका छैनन् ।
गणतन्त्र स्थापनापछि भारत र चीन दुवै छिमेकी नेपालमा भरपर्दो मित्रका खोजीमा लागे तर कुनै पनि दल वा नेताले यी दुवै देशको विश्वास जित्न सकेनन् ।

नेपालमा भारत र चीनको पहिलो चासो आफ्नो देशको सुरक्षा नै हो । चीनको पहिलो चासो तिब्बतको शान्ति सुरक्षा हो । पश्चिमी देशहरूले नेपालको भूमि प्रयोग गरी स्वतन्त्र तिब्बत आन्दोलन गरिरहेका पृथकतावादी दलाई लामा समूहलाई सहयोग गरिरहेकामा चीनको गम्भीर आपत्ति र चिन्ता रहँदै आएको छ ।
वर्तमानमा नेपाल भरपर्दो बफर (प्रतिरोधक) भन्दा पनि चीन र चीनका दुश्मनहरूबीच नेपाल ब्यारिअर (अवरोधक) रूपमा भइदियोस् भन्ने चीन चाहन्छ । त्यसका लागि नेपालमा चीनले आफ्नो बलियो उपस्थिति चाहेको छ र अहिले सफल पनि भएको देखिन्छ ।

विश्वको गुरुत्वाकर्षण इन्डो–प्यासिफिक क्षेत्र तथा अमेरिका र भारतमा सरेको छ । विश्वमा बढ्दो चिनियाँ प्रभावलाई प्रतिरोध गर्न अमेरिकालाई भारत चाहिएको छ तर भारत र चीन तथा अमेरिकाको सामरिक राडारमा आफू परेको परिप्रेक्ष्यमा यी तीनवटै स्थितिलाई सन्तुलित रूपमा बुझ्न नेपाल सक्षम भएको देखिँदैन ।

त्यसैगरी नेपालमा भारतका केही आधारभूत चासोहरू छन् । पहिलो, दक्षिण एसियामा आफ्नो परम्परागत श्रेष्ठताको हैसियत बलियो राख्न नेपाल सहयोगी होस् । र, नेपाललाई कमजोर पार्ने कामकुरा र अन्य उपक्रम कुनै हालतमा पनि नहोस् भन्ने भारतको चाहना छ ।

नेपालको भूमि प्रयोग गरेर भारतमा कुनै आतंकवादी घटना नहोस् र भविष्यमा नेपालको पानी प्रयोग गर्न पाइयोस् भन्ने दिल्ली को चाहना छँदैछ । त्यसका लागि नेपालमा भारत आफ्नो वर्चस्व कायम राख्न चाहन्छ ।

विश्वको गुरुत्वाकर्षण इन्डो–प्यासिफिक क्षेत्र तथा अमेरिका र भारतमा सरेको छ । विश्वमा बढ्दो चिनियाँ प्रभावलाई प्रतिरोध गर्न अमेरिकालाई भारत चाहिएको छ तर भारत र चीन तथा अमेरिकाको सामरिक राडारमा आफू परेको परिप्रेक्ष्यमा यी तीनवटै स्थितिलाई सन्तुलित रूपमा बुझ्न नेपाल सक्षम भएको देखिँदैन ।

गत केही वर्षयता भारत, चीन र अमेरिकाको आपसी सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ तर नेपालका नेताहरूको चेत अझै पलाएको छैन । यस पृष्ठभूमिमा भारत र चीनबीच सन् २०१५ मा नेपालको चित्त दुखाएर व्यापारवस्तुहरूको सूची वृद्धि गरी नाथुलपास, क्विङ्ला र लिपुलेकबाट सीमा व्यापार विस्तार गर्न दुवै पक्ष सहमत भएका छन् । तर, आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउँदा पनि बोल्न नसक्ने नेपालको निरिहताले देशलाई एक दिन डुबाउने छ ।

भारत र अमेरिका एकातिर तथा चीन अर्कोतिर भएर प्रतिस्पर्धा चर्किन थाल्यो भन्ने नेपाल कुरुक्षेत्र बन्न बेर लाग्दैन । भारत, चीन र अमेरिकासँग विश्वासको सम्बन्ध बनाउनु र पत्यारिलो हुनु नेपालका लागि अनिवार्य भइइसकेको छ ।

(लेखक मधेस प्रदेशसभा सदस्य हुन् । यो आलेख फेसबुकमा उनको पोस्टबाट साभार गरिएको छ ।)


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!