अहिलेका


भूत मेला भर्न आउँदा घाइते भएका १४ भारतीय गाउँ फर्काइए

जनकपुरधाम, ३ मंसिर ।
धनुषा र सिरहाको सीमा नदी कमलामा भूत मेला भर्न तथा पवित्र स्नान गर्न बिहीबार त्यसतर्फ गइरहँदा ट्याक्टर दुर्घटनामा परी घाइते भएका सातजना गम्भीर घाइते र सामान्य चोटपटक लागेका सातजना श्रद्धालुभक्तजनलाई प्रारम्भिक उपचारपछि गृहथलो फर्काइएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नं ७ बेलापट्टीमा भएको सो दुर्घटनामा दुईजनाको मृत्यु र थप २० भन्दा बढी जना घाइते भएका थिए । मृतक तथा घाइतेहरु सीमावर्ती भारतीय जिल्ला सीतामढी एकरिहया थानाका सबै उमेरका बासिन्दा थिए ।

सवारी दुर्घटनामा परेका कमला मेला भर्न आएका भारतीय नागरिक उपचारपछि शुक्रबार गाउँ फर्कँदै ।

समाजसेवी सरोज रायका अनुसार जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचाररत सात जना घाइते र सामान्य चोटपटक लागेका सातजनालाई भारतस्थित उनीहरुका गाउँ पुर्याइएको छ ।

घाइतेहरुको उपचारमा तत्काल खर्च भएको करिब सबा दुई लाख रुपैयाँबराबरको अस्पताल तथा औषधि खर्च तिर्ने जिम्मेवारी समाजसेवी रायले नै लिएका छन् । रायले नै घाइतेहरुलाई गाउँसम्म पुर्याएर आएका छन् ।

आफ्नो गाउँ फर्किसकेपछि घाइते तथा उनका आफन्तहरुले नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।

समाजसेवी रायले घाइतेको उपचारखर्च तिर्ने आश्वासन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको बताए । उनले घाइतेका उपचारमा जनकपुरका समाजसेवी प्रवीण महतोको सहयोग उदाहरणीय रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!