जनकपुरधाम, २ मंसिर ।
धनुषाको विदेह नगरपालिकामा बिहीबार साँझ भएको सवारी दुर्घटना दुईको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । विदेह नगरपालिका वडा नम्बर ७ बेलापट्टीमा अनटेस्ट ट्याक्टर एकअर्को ट्याक्टरलाई उछिन्नेक्रममा टायरगाडासँग ठोक्किएर सो दुर्घटना भएको हो ।
दुर्घटनामा पर्नेमा छ पुरुष र सात महिला छन् ।
कमला खोलामा बर्सेनि लाग्ने भूत मेलामा सहभागी हुन तथा खोलामा पवित्र स्नान गर्न जानेक्रममा भएको सवारी दुर्घटनामा घाइते भएका भारत सीतामढी बेला थाना एकरहियाका अमृता देवी मण्डल र दामदयाल राय यादवको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
