अहिलेका


मटिहानीका नगरप्रमुख मण्डलले छात्रालाई दिए साइकल

जनकपुरधाम, १५ कात्तिक ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले सामाजिक अन्धविश्वास, अनुचित परम्परा र गलत अभ्यासका कारण छोरीचेलीलाई शिक्षित बनाउन कठिन हुँदै आएको भन्दै असल संस्कार विकासका लागि पनि छोरी शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

उनले छोरीलाई शिक्षित तुल्याउन स्थानीय तहबाट हरसम्भव प्रयास गरिने उल्लेख गरे ।

श्रीराम मावि मटिहानीमा कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्दै मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका निमित्त प्रजिअ उपेन्द्र न्यौपाने

सोमबार मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको श्री राम माध्यमिक विधालयका कक्षा ११ मा अध्ययनरत्त ४४ जना छात्रालाई साइकल वितरण गर्न आयोजित एक कार्यक्रममा नगरप्रमुख मण्डलले त्यस्तो बताएका हुन् ।

नगरप्रमुख मण्डल र महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले संयुक्त रूपमा आज ती छात्राहरूलाई साइकल वितरण गरेका छन् ।

नगरप्रमुख मण्डलले छात्राहरूलाई उच्च शिक्षामा पहुँच एवं प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले हरेक वर्ष सो विद्ययालयमा कक्षा ११ मा अध्ययनरत्त छात्रालाई साइकल वितरण गर्दै आएको जानकारी पनि दिए ।

कार्यक्रममा तत्कालीन मटिहानी गाविसका पूर्वअध्यक्ष रामकुमार मण्डल, राजनीतिककर्मीहरू उमाशंकर साह, नागेन्द्रलाल कर्ण, शंकर साह, प्राध्यापक हेमनारायण लाल कर्ण, पूर्वकर्मचारी रामजी मण्डल, नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह, श्री राम माध्यमिक विधालय मटिहानीका प्रधानाध्यापक अजय पाण्डेलगायतका वक्ताहरूले छोरी शिक्षाका बारेमा आआफ्ना धारणा राखेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!