अहिलेका


मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकदुई दिनमै पठनपाठन सुरु हुने

जनकपुरधाम, २६ कात्तिक ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयका स्नातक तहको पठनपाठन तयारी पुरा भएको जनाएको छ ।

गत वर्ष फागुन २५ मा स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फ जनशक्ति उत्पादन गर्नका लागि बिएमएल, नर्सिङतर्फ बिएससी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बिपिएचको अध्ययनअध्यापन एकदुई दिनमा सुरु गर्ने तयारी गरेको उपकुलपति डा.रामकेवल साहले जानकारी दिए ।


सबै विषयका अध्ययनअध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रम निर्माण गर्ने काम सम्पन्न भइसकेको उपकुलपति डा.साहले बताए ।

जनकपुरधामस्थित मणिपाल शिक्षण कलेजलाई नै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययनअध्यापन गर्ने थलो बनाइएको समेत उनले जानकारी दिए ।

शिक्षण अस्पतालका रूपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अघि बढाइएको छ ।

आइओएमवाट पहिलोपटक स्नातक तहका तीनवटा विषयका अध्ययनअध्यापन अनुमति प्रतिष्ठानले पाएको छ ।

जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याबतर्फका लागि २०÷२० वटा सिटमा विद्यार्थी भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ ।
आइओएमले तोकेको शुल्कमा नबढाउने गरी अध्ययनअध्यापन गराइने उपकुलपति डा.साहले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!