अहिलेका


मधेसकै बाटोबाट देशको सत्तामा काँगेस स्थापित हुने : विमलेन्द्र निधि

पार्टी सभापति बन्न शक्ति, समर्थन र आशीर्वादको अपेक्षा

 

अनिलकुमार कर्ण
जनकपुरधाम, २० असोज ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेसमा काँग्रेस नभए देशमा काँग्रेसको सत्ता र सरकार नबन्ने बताएका छन् । बुधबार धनुषा काँग्रेसको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले देशले काँग्रेसको बाटो हेरिरहेको र त्यो बाटो मधेस भएरै जाने प्रस्ट्याए ।

उनले कञ्चनपुरदेखि झापासम्मका धेरै सँख्यामा रहेका निर्वाचन क्षेत्रमा काँग्रेस विजयी नभए पार्टीको सत्ता र सरकार नबन्ने उल्लेख गर्दै मधेसमा काँग्रेसलाई चुनाव जिताउने जिम्मेवारी मधेस र मधेसी जनताको भएको बताए ।

उनले भने,‘देश अहिले काँग्रेसतिर हेरिरहेको छ । यदि देशलाई काँग्रेस चाहिन्छ भने मधेसको भूमिका महत्वपूर्ण हुन्छ ।’ उनले मधेसमा काँग्रेसको स्थिति बलियो भए देशमा मजबुत हुने कुरा पहाडका साथीहरूले भनिरहेका उनले सुनाए ।

उनले गत निर्वाचनमा रुख छापबाहेकका चिह्नमा मतदान हुँदाको दुष्परिणाम देश र नेपाली जनताले भोगिरहेका बताउँदै राज्य र सरकारका अंगहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका अस्तव्यस्त र क्षतिग्रस्त भएको औंल्याए ।

उनले भने, ‘रुख छापको सत्ता र सरकार नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि प्रभावित भएका छन् ।’

 

पछिल्लो निर्वाचनबाट देशमा अर्कै पार्टीको सरकार बन्दा जनताको दैनिक जीवन दुष्कर बनेको स्पष्ट पार्दै महँगी बढेको र समग्रमा देशकै आर्थिक स्थिति बिग्रिएको बताए । उनले भने, ‘अहिलेका युवा पुस्ता त्राहिमाममा छन् । निराशामा छन् । राज्यका अंग, राजनीति र रोजगारका क्षेत्रमा अवसर पाउन सकेका छैनन् ।’ काँग्रेस उपसभापति निधिले ती जम्मै समस्या समाधानको आरम्भ आगामी चुनावमा रुख छापको विजय भए मात्रै हुने बताए ।

काँग्रेसका शीर्ष नेता निधिले पार्टीका नेता र कार्यकर्ताहरूका बीच मतभेद भए पनि मनभेदको स्थिति नल्याउन आग्रह गर्दै पार्टीको १४ औं महाधिवेशनलाई काँग्रेसलाई सत्ता सञ्चालनको मतादेश लिने तात्पर्य र प्रयोजनमा जुट्न पार्टीका नेताकार्यर्तारूलाई आह्वान गरे ।

नेता निधिले पार्टीको आसन्न महाधिवेशनमा आफूलाई सभापति उम्मेदवारका रूपमा प्रस्तुत गरेको भन्दै महाधिवेशनलाई आफ्नो कमीकमजोरी सुधार्ने अवसरका रूपमा उपयोग गर्ने बताए । उनले जनतालाई काँग्रेस र रुख चिह्नसँग जोड्ने जिम्मेवारी पुरा गर्न पार्टीकर्मीसँग शक्ति, समर्थन र आशीर्वादको अपेक्षासमेत गरे

नेता निधिले पार्टीको आसन्न महाधिवेशनमा आफूलाई सभापति उम्मेदवारका रूपमा प्रस्तुत गरेको भन्दै महाधिवेशनलाई आफ्नो कमीकमजोरी सुधार्ने अवसरका रूपमा उपयोग गर्ने बताए । उनले जनतालाई काँग्रेस र रुख चिह्नसँग जोड्ने जिम्मेवारी पुरा गर्न पार्टीकर्मीसँग शक्ति, समर्थन र आशीर्वादको अपेक्षासमेत गरे ।

कार्यक्रममा उनले प्रदेश २ को भूमि एकभन्दा एक सहिद र अगुवाहरूको भूमि भएको थप्दै जनकपुरधाम राजर्षि जनक, माता जानकी , अष्टावक्रको कर्मस्थल र तपोभूमि रहेको चर्चा गरे ।

उनले प्रदेश २ को धर्ती सहिद दुर्गानन्द झा, कामेश्वर कुशेश्वर, केशव कोइराला, रामनारायण मिश्र, सरोज कोइराला, सरोज कोइराला, महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय, ठाकुरप्रसाद ढुंगाना, मथुराप्रसाद उपाध्याय, सोनेलाल पासवान, भुवनेश्वर महासेठ, रामबहादुर, जानकी देवी, शेख इद्रिस, राजेन्द्रबहादुर अमात्य र अहिलेका शेरे नेपाल मौलाना जैसको रहेको बताए ।

नेता निधिले जैन धर्मावलम्वीहरूको तीर्थंकरको १४ औं गुरुको स्थल भएको जानकारी दिए ।

काँग्रेस उपसभापति निधि बुधबार जनकपुर आउँदा जनकपुर विमानस्थलमा हजारौंको सँख्यामा नेताकार्यकर्ताहरूले स्वागत गरेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!